सर्वोच्च अदालतले ८४ लाख रुपैयाँभन्दा बढी अकुत सम्पत्ति आर्जन गरेको भन्दै भ्रष्टाचारी ठहर गर्दै जेल पठाएका पूर्वमन्त्री तथा तराई मधेस राष्ट्रिय अभियानका संयोजक जयप्रकाशप्रसाद गुप्ताको फैसला पुनरावलोकन गर्न अनुमति दिएको छ । आफैँले भ्रष्टाचरी ठहर गरी कैद सजाय सुनाएको साढे दुई वर्षपछि सो अभियोगमा पुनः सुनुवाईका लागि अदालतले मार्ग प्रशस्त गरेको हो ।
न्यायाधीशत्रय गोपाल पराजुली, दीपकराज जोशी र देवेन्द्र गोपाल श्रेष्ठको बुधवारको पूर्ण इजलासले भ्रष्टाचारी ठहर गर्ने अदालतको फैसला पुनरावलोकन गर्न अनुमति (निस्सा) दिए लगत्तै अदालतको फैसला बमोजिम कैद सजायसमेत भुक्तान गरिसकेका गुप्ताले आफूमाथि अन्याय भएको भन्दै फैसला पुनरावलोकनको माग गर्दै गत ८ वैशाख २०६९ मा सर्वोच्च अदालतमा पुरावलोकन निवेदन दर्ता गराएका थिए ।
निवेदन दर्ता गराएको डेढ वर्षपछि अदालतले गुप्तालाई भ्रष्टाचारी ठहर गर्ने पूर्वनिर्णयमा त्रुटि रहेको भन्दै पुनः सुनवाई गरी फैसला गर्न अनुमति दिएको आजको राजधानीले समाचार लेखेको छ । अदालतको यो निर्णयसँगै अब सर्वोच्चमा गुप्ताको भ्रष्टाचार मुद्दामाथि पुनः सुनुवाई सुरु हुनेछ । पटकपटक विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका गुप्तालाई सर्वोच्च अदालतले ९ फागुन २०६८ मा भ्रष्टाचारी ठहर गर्दै डेढ वर्ष कैदको फैसला सुनाएको थियो ।
पूर्वमन्त्री जेपी गुप्ताको भ्रष्टाचार मुद्दा फेरी व्युँतियो
news and entertainment