बसले मोटरसाइकललाई ठक्कर दिँदा १ को मृत्यु



रौतहटको चन्द्रपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।


चन्द्रपुर नगरपालिका वडा नम्वर ८ पौराई स्थित पुर्वपश्चिम राजमार्गमा मंगलवार विहान हेटौडाबाट पुर्व तर्फ गइरहेको   ना.२६ प. ६७७८ नम्वरको मोटरसाइकल लाई जलेश्वरबाट काठमाण्डौ तर्फ गइरहेको ना.५ ख. १३८३ नम्वरको यात्रुबाहक बसले पौराई जंगलको लचकामा ठक्कर दिदा माटरसायकल यात्रुको ज्यान गएको हो ।

मृत्यु हुनेमा मोटरसाइकल चालक हेटौडा नगरपालिका बस्ने केदारप्रसाद लामिछाने रहेका छन् । ठक्कर दिने बसलाई नियन्त्रण लिएको प्रहरलिे जनाएको छ ।

,

news and entertainment