ओबामाले गुजराती भाषा बोल्दा मोदीले बोले अंग्रेजी
‘केम छो मिस्टर प्राइम मिनिस्टर…’ । यो त्यो शब्द हो जुन अमेरिकी राष्ट्रपति बाराक ओबामाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अमेरिकाको व्हाइट हाउसमा स्वागत गर्नको लागि उच्चारण गरेका थिए । ओबामाले यो वाक्यद्वारा मोदीलाई स्वागत गर्दा मोदीलगायत त्यहाँ उपस्थित सबै मानिसहरुको मुहारमा मन्द मुस्कान छाएको थियो ।
भारतको प्रधानमन्त्री बनिसकेपछि नरेन्द्र मोदी र बाराक ओबामाको यो पहिलो भेटघाट हो । उनीहरुको यो भेट निकै महत्वपूर्ण मानिएको थियो । स्वागत पछि ओबामा र मोदी डिनर टेबलमा भेटे ।
उक्त डिनर टेबलमा अमेरिकाको तर्फबाट उप–राष्ट्रपति जोए बिडेन, विदेश मन्त्री जोन केरी, राष्ट्रिय सुरक्षा सल्लाहकार सुजेन राइस र भारतको तर्फबाट विदेश मन्त्री सुषमा स्वराज, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोवाल, विदेश सचिव सुजाता सिंह र राजदुत एस.जयसंकर उपस्थित थिए । यद्यपी उक्त भेटघाटमा बाराक ओबामाकी श्रीमती मिसेल ओबामा पनि सरिक हुनुपर्ने भएता पनि केहि कारणबश उनीत्यहाँ आउन नसकेको जानकारीमा उल्लेख छ । (एजेन्सी)
