प्रेमको नाटक रचेर प्रेमिका बेचेपछि…..
प्रेमको नाटक गरी एक युवतीलाई भारतको राजधानी नयाँदिल्ली पुर्याई बिक्री गर्ने युवक पक्राउ परेका छन् । नेपाल प्रहरीको न्द्रिय अनुसन्धान ब्युरो (सिआइबी)ले नुवाकोटका राजु तामाङलाई बुधबार काठमाडौंबाट पक्राउ गरेको हो ।
दिल्ली घुम्न जाने र उतै काम गरी बस्ने भन्दै तामाङले १५ वर्षीया युवतीलाई दिल्ली लगेका थिए । त्यहाँ केही दिन सँगै रहेपछि उनले ती युवतीलाई कोठीमा लगेर बिक्री गरेका थिए । प्रहरीले माइती नेपालको सहयोगमा गत चैत्रमा ती युवतीको उद्धार गरेको थियो ।फररा तामाङ ६ महिनापछि पक्राउ परेका हुन् ।
अभियुक्त तामाङले आफुलाई अरु व्यक्तिले यस्तो काममा लगाएको बताएका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।