७ बर्षिय बालक जो आश्चर्यजनक काम गर्छन्



  एउटा ७ बर्षिया बालकले के सम्म गर्ला ? चकचक गर्ला,रुदैरुदै बिद्यालय जाला आऊला,आफना बा आमालाई सताउला । अनि बढि से बढी बिद्यालयमा राम्रो अंक ल्यायो भने बाआमालाई दंंग बनाएर आफुलाई मन पराएको सबै बस्तु किन्न लगाउला । तर हामीले यति मात्र सोच्यौँ भने त्यो सरासर गलत हुनेछ । किनकी मोरंगको पथरीका ७ बर्षीय बालक पंकज सापकोटा कसैले सोच्न सम्म नसकेको काम गरेर सबैलाई चकित पार्न सफल भएका छन् ।
बि.स २०६३ साल साउन ३१ गते मोरंगको पथरी शनिश्चरे नगरपालिका १ मा जन्मिएका सापकोटा स्थानीय एभरेष्ट बोर्डिंग स्कुलमा कक्षा ३ मा अध्यायन गर्छन । उनी पढनमा तेज त छँदैछन । त्यसमाथि उनले देखाउने कला त अझै आश्चर्यजनक नै छ ।
उनी पढाइका अलावा पुस्तक नहेरी गीतापाठ,हनुमान चालिसा,पाठ गर्नुका साथै हार्मोनियमका २४ वटा सुत्र समेत उनलाई कण्ठ छ । यसका अलावा ३० सेकेण्डमा क देखि ज्ञ सम्म उल्टो लेख्नुका साथै नेपाली, अंग्रेजी र बंगाली भाषा समेत उनलाई राम्रो सँग बोल्न र लेख्न आँउछ । अहिले सम्म ७ वटा बढी गीत समेत गाएका पंकजले साकै राष्ट्रका सबै देशका राष्ट्रिय गित समेत गाउन सक्छन् ।
स्थानीय छिमेकी पण्डितले पाठ गरेको सुनेर सबै कुरा सिकेका उनी बंगाली छिमेकीले लेखेको देखेर उल्टो लेख्न सिकेको बताउँछन् । उनले थुप्रै गायन प्रतियोगिताहरुमा सहभागीता समेत जनाईसकेका छन । उनका पिता शिक्षक हेमन्त सापकोटाका अनुसार पंकजले कुनै संगितको ज्ञान समेत लिएका छैनन तर उनी जुनसुकै गित गाऊन सक्छन । हालै उनले पिएलआृ भ्वाईस अफ पुर्बाञ्चल प्रतियोगितामा समेत सहभागी भएर उत्कृष्ट ३० मा पर्न सफल भएका थिए ।
भबिश्यमा एउटा कुशल पण्डित बन्ने सोच रहेको बताउने पंकज आगामी दिनमा संगित समेत सिकेर अगाडी बढने बताउँछन । उनको केहि नयाँ काम गरेर गिनिज बुक अफ वल्र्डमा नाम लेखाउने समेत उनको र परिवारको धोको रहेछ ।

, ,

news and entertainment