बिद्यालयभित्रै चक्कुप्रहार गरी ४ बालिकाको हत्या
एजेन्सी ।
दक्षिणी चीनको गुआङ्सीमास्थित एक विद्यालय भित्र अज्ञात व्यक्तिले चक्कु प्रहार गर्दा ४ बालिकाको ज्यान गएको छ । ३ जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको चिनिया संस्थाले बताएको छ । विद्यालय समयमा प्रवेश गरेका व्यक्तिले उनीहरुको हत्या गरेको बताइएको छ ।
उनिहरुको व्यापक खोजतलास भइरहेको स्थानीय प्रहरीले जनाएको छ ।
