घट्दैछ बाघको अनुवंशिक क्षमता

 दुर्लभ वन्यजन्तु बाघ जोगाउन सहज छैन, त्यसमाथि नेपालका तीन संरक्षित क्षेत्रका बाघ आपसमा घुलमिल हुन नसकेको पाइएको छ ।
तीन वर्षको अनुसन्धान पछि चितवन, बर्दिया र शुक्लाफाँटाका बाघ आपसमा धुलमिल नभएको फेला परेको हो ।
‘नेपालमा बाघका तीन समुह देखिएका छन्, यी समुहबीच कुनै पनि किसिमको धुलमिल छैन,’ बाघको अनुबंशिक अध्ययन गरेर प्रतिवेदन तयार पारेका अनुसन्धिानकर्ता दिवस कर्माचार्यले भने ‘यो बाघको दिर्घकालीन संरक्षणमा ठुलो चुनौती हो ।’
आपसमा घुलमिल नहुँदा बाघको अनुवंशिक विविघता र गुण कम हुँदै गएको अनुसन्धानले देखाएको छ ।
यसले प्रजनन शक्ति र रोगसँग लड्ने शक्तिमा ह्रास आउँदै छ । लामो समय बाघ बचाउन र तिनको संख्या बढाउन समस्या आउनसक्ने उक्त अध्ययनले देखाएको छ । आजको नागरिकमा समाचार छ ।


news and entertainment