आफ्नै अपहरणको हल्ला चलाउने पक्राउ

 आफू अपहरणमा परेको भनेर हल्ला चलाउने व्यक्तिसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आफु अज्ञात समुहको अपहरणमा परेको भनि प्रहरीलाई झुटो खबर गर्ने महोत्तरी दम्सी–८ का बेचु राय यादव र उनका सहयोगी अन्य पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरु बसबिट्टी–७ स्थित दुखा दासको घरबाट पक्राउ परेका हुन् । गत विहीबार साँझदेखि सम्पर्कबिहीन भएका यादवले आफु अज्ञात समुहको अपहरणमा परेको भनी आफ्नी पत्नी मार्फत् गाउँमा हल्ला चलाएका थिए ।
यादवकी पत्नी र आफन्तको आग्रह पछि बिहीबार रातिदेखिनै प्रहरीले उनीहरुको खोजीकार्य तिब्र पारेको थियो ।
प्रहरीले उनलाई मादक पदार्थ खाएरु बसिरहेको अवस्थामा पक्राउ गरेको हो । आजको नयाँ पत्रिकामा समाचार छ


news and entertainment