प्रेममा परेका दिदी-भाइले होटलमा गई आत्महत्या गरे



एक-अर्कासंग प्रेममा परेका दिदी-भाइले भारतको इन्डोरस्थित एक होटलमा आत्महत्या गरेका छन् । दुवै जना पछिल्लो १५ दिनदेखि परिवारबाट बेपत्ता बनेका थिए । बेपत्ता भएपछी पुलिसले उनीहरुको खोजि गर्दै थियो । प्रहरी अनुसन्धानकै क्रममा बिहिबार दिउँसो दुवै जनाको लास होटलको कोठामा प्राप्त भएको हो ।
उक्त कोठामा २० पेज लामो सुसाइड नोट समेत फेला परेको थियो । जसमा ४ पन्ना रोहितले लेखेको र ८ पन्ना मीनाक्षीले लेखेको बाँकी ८ पेज दुवै मिलेर लेखेका थिए जसमा उनीहरु दुवै जनाको पुरै प्रेम कहानी लेखिएको छ ।
प्रहरीको अनुसार भारत स्थित हरदा गाउँको चरवामा बस्ने १९ वर्षीय रोहित र खंडवाको सुरगाउँकी २५ वर्षीया मीनाक्षीले एक-दोस्रालाई दिदि-भाई बताउंदै इन्डोरको रेडिसन चौराहेस्थित होटल स्काइमा बसेका थिए । उनीहरु १५ दिनदेखि बेपत्ता भएपछी प्रहरीले खोजि कार्य तिब्र पारेको थियो ।
यही क्रममा खजराना टीआई सीबी सिंहले बिहिबार करिव साढे १२ बजे होटल स्काइमा उनीहरु रूम नंबर २०२ मा बसेको तर उनीहरु बसेको कोठाको ढोका भने नखुलेको बताएका थिए । पछी ढोका तोड्दा दुवै जना ओछ्यानमा एक-दोस्रालाई अँगालोमा बेरिएको अवस्थामा मृत फेला परेका थिए । दुवै जनाले बिष सेवन गरि आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
रोहितले यस्तो लेखेका थिए
बुबाको लागि :>
तपाइँ एकदम राम्रो हुनुहुन्छ । मलाई तपाइँले हर-पल साथ दिनुभयो । मेरी कारण तपाइँलाई टेन्सन भयो यसै कारण म मर्दैछु । आई लव यू पापा…
आमाको लागि :>
दिनहुँ तपाइँको फोटो हेर्ने गर्छु । यदी मेरो याद आइराखे मेरो फोटो आफ्नै साथमा राख्नुहोला । अब म तपाइको सपनामा आउँला जसरी पहिले बिपनामा आउने गरेको थिएँ । नरुनुहोला ……
भाइको लागि :>
राहुल तिमिले आफुलाई भन्दा बढी मलाई राम्रो सम्झेउ तर म गलत सावित भएँ । परिवारको समग्र जिम्मेवारी सम्हालेर बस । आमा-बुबाको ख्याल राख । मेरो सबै कपडा तिमीलेनै लगाउ एकदम राम्रो देखिनेछ ।
मीनाक्षीले यस्तो लेखेकी थिईन्
बुबाको लागि :>
मलाई थाहा छ बुबा मान्छेले के भन्छन्, तर पनि बुबा मलाई हुन सक्छ भने माफ गर्नुहोला । तपाइँ आफ्नो ख्याल राख्नुहोला, कम्मरको दुखाइको लागि समयमै दवाई खाइराख्नुहोला । अरु केहि पनि लेख्न सक्दिन किनकी तपाइँको लागि जे लेखेपनि कम हुन्छ । सरी पापा.. बाई …..
आमाको लागि :>
मम्मी तपाइँ एकदम काम गर्नुहुन्छ अनि थाक्नु हुन्छ । बुबासंग झगड़ा नगर्नुहोला । तपाइँ दुवै जनाको झगडा भई रह्यो भने मलाई नराम्रो लाग्छ । मम्मी मेरो सबै सामानहरु अन्जुलाई दिनुहोला । तपाइँ सदा खुशी रहनुहोला । आई लव यू मम्मी ….
आफ्नै लागि :>
म जे कुरा लेखि रहेको छु शायद कसैलाई पनि राम्रो लाग्दैन । म आफ्नो भाईसंग प्रेममा फसेको छु । यो कुरा घरकालाई बताए भने मलाई रोहित मिल्नेछैन, यसैले बिना कसैको दबावमा आफ्नो ज्यान दिन खोजेकि छु ।

,

news and entertainment