चम्पा केवटलाई वलिउड स्टार आमिर खानले बुधबार सोधेपछि...
कपिलवस्तुको पकडी ३ की स्वयंसेविका चम्पा केवटलाई वलिउड स्टार आमिर खानले बुधबार सोधे, काम गर्न कत्तिको गह्रो छ रु सधै पर्दामा देखिने चर्चित नायकले सामुन्ने यस्तो प्रश्न गरेपछि सुरुमा अलमलमा परिन् उनी ।
१७ वर्षद्खि गाविसमा स्वयंसेविका रुपमा काम गरिरहेको सुनाउँदै उनले माग पुरा गरिदिन आग्रह गरिन । उनीजस्तै १८ वर्षदेखि स्वयमसेविका रहेकी अजोरमति रैदासलाई अमिरले अव के भयो भने राम्रो हुन्छ भनी सोधे । उनले सबै महिलालाई झुल दिन सकियो भने राहत पुग्ने बताईन ।
dainiknepal.com

