मोदीलाई चेतावनी दिने पाकिस्तानी नेताको वेवसाइट ह्याक
एजेन्सी ।
पाकिस्तान पिपल्स पार्टीका उपाध्यक्ष विलावल भुट्टोले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पाकिस्तानलाई नहेप्न चेतावनी दिँदै निरन्तर ट्वीट गरेपछि उनको वेवसाइट ह्याक भएको हो ।
बुधबार मोदीलाई चेतावनी दिएका विलावलले विहीबार पनि भारत विरुद्ध कडा ट्वीट गरेका छन् । आफ्नो भनाइबाट भारतो सातो उडेको दावी गर्दै उनले यो शुरुवात मात्र भएको बताएका छन् ।
यता विलावलको वेवसाइट ह्याक गरेका ह्याकरहरुले भने वेवसाइटमा भारतीय झण्डा राखेर कश्मिर पाकिस्तानको कहिल्यै पनि नहुने लेखेका छन् । उनको साइटमा उनको नाममा पत्र नै लेखिएको छ ।
विलावल पाकिस्तानमा हत्या गरिएकी पूर्वप्रधानमन्त्री बेनजिर भुट्टोका छोरा हुन् । पाकिस्तानमा भुट्टो परिवार शक्तिशाली राजनीतिक परिवार हो । विलावलकी आमा पूर्वप्रधानमन्त्री बेनजिर भुट्टोको सन् २००७ मा हत्या भएको थियो भने उनका पिता आसिफ अलि जर्दारी पाकिस्तानका पूर्व राष्ट्रपति हुन् ।
यो पनि हेर्नुस्
nepaliheadlines.com


