क्रान्तिकारी कमरेडको सम्पत्ति किन गरियो रोक्का ?
माओवादी समर्थित युवाका प्रमुख उदय चलाउने ‘दीपक’ को घरजग्गा प्रशासनले रोक्का गरेको समाचार आजको साँघु साप्ताहिकले लेखेको छ ।
पूर्वप्रहरी आइजीपी सनत बस्नेतको पक्षबाट आफूसँग लडेर जवर्जस्त रकम असुली गरेको भन्दै भूमि निरौलाले उजुरी दिएका कारण जनयुद्धमा लागेर कमाएको कोहलपुरको घरजग्गासहित पुख्र्यौली जाजरकोटको घरजग्गा समेत प्रशासनले रोक्का गरेको निरौला निकट स्रोतले जनाएको छ । न्यायका लागि अब आफूले पहिला माओवादीले लडेजस्तै भ्रष्ट माओवादी र भ्रष्ट प्रहरीसँग जनयुद्ध लड्ने अनौठो कुरा पनि निरौलाले गर्दै हिँडेका छन् ।
एकपटक निरौलाको घरमा पैसा असुल्न जाँदा दीपक चलाउनेलाई निरौलाले प्रहरी लगाएर पक्राउ गर्न खोज्दा भाग्न सफल भए पनि उनका मोटरसाइकल चालक विजय केसी पक्राउ परेको कुरा निरौलाले आफूनिकटहरुलाई बताउँदै हिँडेका छन् ।
