ओहो यस्तो अचम्म नि हुदो रहेछ, नाङ्गो भएर दौडिन दुई लाख डलर खर्च
एजेन्सी । नाङ्गो भएर दौडिन कपडा खोले मात्र पुग्ने होइन र ? तर, एउटा चलचित्रका निर्देशकले नाङ्गो भएर दौडिएको दृष्य खिच्न दुई लाख अमेरिकी डलर खर्च गरेका छन् । सुन्दा अनौठो लाग्न सक्छ ।
तर, यो वास्तविक हो । गेम अफ थ्रोन्स ( न्बmभ या त्जचयलभक) का लागि न्युड दृष्य फिल्माउन दुई लाख अमेरिकी डलर खर्च भएको हो ।
यो दृष्य खिच्न सुरक्षा व्यवस्था कडा पारिएको थियो । सुरक्षाका लागि दुई सय जना सुरक्षा गार्डको व्यवस्था गरिएको थियो ।
तिनै गार्डलाई पारिश्रमिक दिन दुई लाख डलर खर्च भएको हो । अभिनेत्री लीना हैडेय यो दृष्यमा एउटा चर्चबाहिर नाङ्गो भएर दौडिनुपर्ने थियो । त्यसैले यो दृष्य गुप्त राख्नकाल ागि निर्देशले कडा सुरक्षा व्यवस्था गरे ।
तस्वीर लिग हुने डरले यो दृष्य खिच्ने बेला वरपर रहेका सबै बटुवाको मोबाइल फोनसमेत बन्द गरिएको थियो । स्रोतका अनुसार यो दृष्य लिने समय वरपरका सबै पसलहरुसमेत बन्द गरिएको थियो । निर्माताले त्यसको समेत क्षतिपुर्ति तिरेका थिए ।