हङकङको प्रदर्शन तत्काल रोक्न चीनको चेतावनी
एजेन्सी । चीनले पछिल्लो सातादेखि हङकङमा जारी प्रदर्शन अवैधानिक भएको भन्दै तत्काल रोक्न चेतावनी दिएको छ ।
अमेरिकी समकक्षी जोन केरीसँगको छलफलमा उनले यो चीनको आन्तरिक मामिला भएको भन्दै हस्तक्षेप नगर्न पनि अन्तराष्ट्रिय समुदायलाई आग्रह गरे ।
हङकङमा आगामी सन् २०१७ मा हुने निर्वाचनमा चीन सरकारले तोकेको प्रतिनिधिले मात्रै उम्मेदवार हुन पाउने नीतिविरुद्ध प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले मुख्य कार्यकारी सी वाई लियुङको राजिनामाको माग गर्दै प्रदर्शन झनै चर्काइरहेका छन् ।
गत सातादेखि कक्षासमेत बहिस्कार गरेर सिटी सेन्टरमा आन्दोलनमा उत्रिएका उनीहरुले चीनविरुद्ध चर्का नारावाजीसहित प्रदर्शन जारी राखेका छन् ।
आन्दोलनकारीले सरकारी कार्यलय नजिकको पार्कमा र्याली निकाल्नुका साथै चीनको राष्ट्रिय दिवसको अवसरमा चिनियाँ गीत बजाएको भन्दै सरकारी कार्यलयमा ढुंगामुडा समेत गरेका छन् ।
चीन सरकारले सन् २०१७ बाट हङकङका प्रमुख कार्यकारीको चयन प्रत्यक्ष चुनावबाट गर्ने जनाएपनि चीनले तोकेको व्यक्तिमात्रै उम्मेदवार हुने प्रावधान राखेपछि प्रदर्शन चर्किएको हो ।
www.nepalsandesh.com