करणको फिल्ममा ज्याकलिन

करण जोहरको ब्यानरमा निर्माण हुनलागेको फिल्म ‘राम लखन’मा डिम्पल कपाडियाको भुमिकामा ज्याकलिन फन्डानडेज देखिने भएकी छिन् । पुरानो हिन्दी फिल्म ‘राम लखन’को रिमेक गरिने यस फिल्मको निर्देशन रोहित शेट्ठीले गर्ने भएका छन् भने निर्माता करण जोहर रहने छन् ।

निर्देशक शेट्ठीले ज्याकलिनसंग फिल्मको विषयमा कुराकानी भइरहेको बताउँदै केही दिनमै टुंगो लाग्ने बताए । करणकै दोस्रो फिल्म ‘ब्रदर्श’ मा ज्याकलिनले अक्षय कुमारको श्रीमतिको भुमिका निर्वाह गर्ने पक्का भएकाले पनि राम लखनमा ज्याकलिनको सम्भावना बढी भएको उनको भनाई छ ।
करण आफै पनि ज्याकलिनको सौन्दर्यवाट प्रभावित छिन् । करणकै आग्रहका कारण पनि ज्याकलिनले काम गर्ने सम्भावना उत्तिकै बढी छ । फिल्ममा रामको भुमिकामा रणबीर सिंह या अर्जुन कपुर देखिनेछन् भने रणबीर कपुर र दिपिका पादुकोण लखन र माधुरीको भुमिकामा देखिने सम्भावना उत्तिकै छ ।

,

news and entertainment