यस्तो छ अदालतको प्रश्न सीके रावतको जवाफ
दुई बर्षदेखि मधेशलाई नेपालबाट छुट्टयाउने पृथकतावादी अभियान सञ्चालन गरेका सीके रावतलाई शुक्रवार विशेष अदालतमा बयानका लागि उपस्थित गराइयो । उनीविरुद्ध दायर राज्य विप्लवको मुद्दामा बयान दिन बिशेष अदालतमा उपस्थित गराइएको थियो । तर उनले आफ्नो बयान भने फेरेका छन् । प्रहरीमा सीकेले नेपालबाट मधेश छुट्टाउने अभियान सञ्चालन गरेको स्वीकार गरेका थिए भने विशेष अदालतमा आत्मनिर्णयको अधिकार सहितको मधेश प्रदेशका पक्षमा आफु लागेको बयान दिएका छन् । अदालतले जन्मकैदको फैसला गर्न सक्ने त्रासमा उनले बयान फेरेका छन् । बिशेष अदालतमा उनलाई शुक्रवार २४ प्रश्न सोधिएको थियो । ती मध्ये अदालतले सोधेका प्रश्न र सीकेको जवाफ यस्तो छ ।
मधेशलाई नेपालबाट छुट्टयाउने अभियान सञ्चालन गरिएको हो ?
नेपालबाट मधेश छुट्टयाउने मेरो अभियान होइन । आत्मनिर्णयसहितको स्वायत्त मधेश प्रदेशका पक्षमा मेरो अभियान हो । तर यहाँ मेरा विरोधीले देश टुक्राउन खोज्यो भन्ने हल्ला फैलाए, त्यसकै पक्षमा राज्य पनि लाग्यो यर्थाथता बुझेन ।
नेपाल आमा रण्डी हो भनेर किन लेखियो ?
मैले त्यो भनेको छैन र लेखेको पनि छैन । मेराविरुद्धमा लाग्नेले फैलाएको हल्ला मात्र हो यो । त्यसका प्रमाण म दिन्छु । मेरो एउटा वेभ साइट छ, खेख्ने भए म त्यहाँ पनि लेख्थे नि । त्यहाँ त्यस्तो कुनै लेखेको भए हेर्नुस ।
तपाईले लेखेको कितावमै छ नी त्यो त ?
मेरो किताव मधेशको राजनीति र संबृद्धिका लागि हो । मधेशका जनतालाई आफुविरुद्ध भएको शोषणको ज्ञान गराउन मैले त्यो पुस्तक लेखेको हुँ । त्यसमा नेपाल देशले आफ्नै देशका नागरिकलाई विभेद गरेको कुरा उल्लेख गरिएको छ ।
तपाईले मधेश नेपालमा छुट्टयाउने र त्यसको नक्सा तथा रेखाङकण के हुने, झण्डा के हुने ? भन्ने सम्मको योजना बनाउनु भएको प्रहरीले दावी गरेको छ नी ?
देश संघियतामा गएपछि मधेशको सम्पन्नताका लागि कस्तो मधेश हुनुपर्दछ भन्ने मेरो धारणा हो । टुक्राउने कुरा होइन । संघियतामा गइसकेपछि आफ्ना सम्पन्नताका लागि धेरै देशले यस्तो गरेका पनि छन् ।