छोराको छुरा प्रहारपछि बाबुको मृत्यु; श्रीमती र छोरीले विष सेवन


 धादिङको भूमेस्थान गाविस ३, अमर्खूमा घरमा सुतिरहेका आफ्नै बाबुलाई छुरा हानेर छोराले हत्या गरेको छ । घरायसी विवादमा ३३ वर्षीय छोरा धुव्र सुनारले ५० वर्षीय बाबु कृष्णबहादुर सुनारलाई छुरा हानेर घाइते बनाएपछि उपचारकै क्रममा काठमाडौँको स्टार अस्पतालमा उनको मृत्यु भएको हो ।

कृष्णबहादुरलाई छुरा प्रहार गरेपछि उनकी श्रीमती विन्दा र छोरी बट्टईले आफ्नै घरमा विष सेवन गरेका थिए । विष सेवन गर्ने दुबै र घाइते कृष्णबहादुरलाई स्थानीयले उद्धार गरी उपचारका लागि काठमाडौँ ल्याएका थिए ।

विष सेवन गरेका दुबैको काठमाडौको वीर अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । हत्यारा ध्रुव वहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

,

news and entertainment