अव शरीरको तल्लो भाग नै ढाक्ने कण्डोम; १९ डलर पर्ने
अहिले सम्म यौनाङ्गमा लगाउने कण्डोम बजारमा थियो । अव भने शरीरको तल्लो भाग नै ढाक्ने कण्डोम आएको छ ।
खासगरी विभिन्न आसनमा यौन सम्बन्ध राख्ने र सुरक्षित यौन सम्बन्ध राख्नेहरुका लागि लक्षित गरेर यो कण्डोम ल्याएको कम्पनीको भनाइ छ ।
यो कण्डोमले लिङ्गको वरीपरीको छाला र स्त्री यौनाङ्ग वरिपरीको छालाबीच हुने घर्षण हुन नदिने र विभिन्न संक्रमणबाट बँच्न सकिने कम्पनीको दावी छ ।
अमेरिकाको स्वास्थ्य विभागले भने यो कण्डोमलाई मान्यता दिइ सकेको छैन ।
यो धुन समेत मिल्ने कण्डोमलाई १९ डलर पर्ने कम्पनीको जनाएको छ ।
nepaliheadlines.com



