रक्सीको मुल्य ४ लाख ४५ हजार



दशैँमा नेपालीहरु सकिनसकी मासु खाने, मदिरा सेवन गर्ने, जुवा तास खेल्ने परम्परा रहेको छ ।  यहि दशैँको मुखमा काठमाडौँमा यस्तो रक्सी भित्रिएको छ जसको ७ सय मिलिलिटरको एक प्याक बराबर ४ लाख पर्ने गर्दछ । फ्रान्सेली सम्राट लुई तेह्रौंका नाममा बनेको यो रक्सी फ्रान्सको कन्याक कम्पनीले उत्पादन गरेर काठमाडौं भित्रयाएको हो । यो मदिरा संसारभर अत्यन्तै धनाड्य वर्गले मात्रै उपभोग गर्दै आएका छन् ।

यो मदिरा जुलाइमै भित्रयाइएको भए पनि नेपाली बजारमा लुइ तेह्रौैं ब्राण्डी दशैँमा बिक्री हुने आशा गरिएको छ । रोयल स्यालुटको मुल्य ३ लाख ३ हजार रुपैयाँ रहेको छ । बेलायतकी महारानी एलिजावेथले ‘रोयल सेरेमोनी’मा यो ब्राण्डी प्रयोग गरेकी थिइन ।

नेपालमा उपलब्ध भएका मदिराहरुमध्ये लुइ तेह्रौं नै सबैभन्दा महंगो हो । ७ सय ५० मिलिलिटरको यो मदिराको नेपाली बजार मुल्य ४ लाख ४५ हजार रुपैया छ । त्यसैगरी दोस्रोमा कोन्याकको रोयल सेल्यूट हो । त्यस्तै गन सेल्यूटको ७५० मिलिलिटरको प्रतिबोतल २ लाख ९५ हजार र इज्ली अफ स्काइको ७५० मिलिलिटरको एक लाख रुपैयाँ पर्छ ।

ग्रीन लाइनमा पचार हजारभन्दा माथि र एक लाख रुपैया भन्दा कम मूल्य पर्ने करिब डेढ दर्जन बा्रयडी रहेका छन् ।
nepaliheadlines.

,

news and entertainment