हेल्लो सरकारमा साढे ३२ हजारभन्दा बढि उजुरी
हेलो सरकारमा २०७१ भदौ मसान्तसम्म ३२ हजार ७ सय वटा गुनासा र उजूरी दर्ता भएका छन् ।
प्रधानमन्त्री कार्यालयका सचिव शान्ताराज सुवेदीले मंगलबार सिहदरबारमा पत्रकार सम्मेलन गर्दै प्राप्त उजुरीमध्ये ३१ हजार ४ सय ७५ वटा फछर्यौट भएको जनाकारी दिए । हेल्लो सरकारको फछर्याैट दर ९६ प्रतिशत रहेको छ ।
सचिव सुवेदीका अनुसार यस अवधिमा सबैभन्दा वढी गृह मन्त्रालयसंग सम्बन्धित ५ हजार ६ सय ४२ वटा, शिक्षा मन्त्रालय र अन्तर्गत ४ हजार ९ सय ४७ वटा, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय २ हजार ५ सय ५० वटा, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय २ हजार १ सय ९५ वटा, नेपाल विद्युत प्राधिकरण १ हजार ५सय ५३ वटा रहेका छन् ।
त्यस्तै अर्थ मन्त्रालय अन्तर्गत १ हजार ४ सय ३८ वटा, वाणिज्य तथा आपूर्ति मन्त्रालय १ हजार ४ सय १२ वटा, श्रम तथा रोजगार मन्त्रालय १ हजार ३ सय १० वटा र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय १,०१७ वटा उजूरी हेलो सरकारमा प्राप्त भई उक्त निकायहरुमा कार्यान्वयनको लागि पठाईएको छ ।
यसैगरी चालू आर्थिक बर्षको भाद्र महिनामा मात्र उच्च प्राथमिकता प्राप्त ३७, प्राथमिकता प्राप्त ३ सय १९ र साधारण १ सय ६८ गरी ५ सय २४ गुनासोहरु प्राप्त भएकोमा ३ सय ६२ गुनासो फछर्यौट भएको जनाईएको छ ।
www.nepalsandesh.com

