संसारकै ठुलो नितम्ब भएकी महिला
तल तस्वीरमा तपाई जुन महिला देखिरहनु भएको छ उनको नाम संसारको सबैभन्दा ठुलो नितम्बको उपाधि छ । उनको नाम मिकेल रफिनेलीस् हो । उनी आफ्नो नितम्ब ठुलो भएकोमा निकै खुस पनि छिन् ।
३९ वर्षीया मिकेल रफिनेली अमेरिका निवासी हुन्। चार सन्तानकी आमा मिकेलको जीवनशैली निकै सक्रिय छ । उनका अनुसार जब उनी टिनएजमा थिइन तब खुब खेल्ने कुद्ने गर्दिन् । त्यतिबेला तौलको कुनै गुनासो थिएन । पहिलो बच्चा जन्मँदा उनी मात्र २२ वर्षकी थिइन् । तब उनको ध्यान आफ्नो फैलँदो नितम्बनमा गयो ।
उनी भन्छिन्, हरेक बच्चा जन्मने क्रममा उनको नितम्बको आकार बढ्दै गयो । उनको नितम्बको आकार यसरी बढ्यो कि उनी ढोकाबाट भित्रबाहिरसमेत गर्न नसक्ने हुन थालिन् । उनको कम्मर ४० इन्च मात्र छ, तर नितम्बको साइज १०० इन्च छ । त्यसैले उनले संसारको सबैभन्दा ठुलो नितम्बको उपाधि पाएकी हुन् ।
उनी भन्छिन्– जब म सडकमा हिढिरहेकी हुन्छु तब मानिसहरु सेलफोनबाट मेरो तस्वीर खिच्छन्, भिडियो बनाउँछन् । केही मानिस त यसका लागि अनुमतिसमेत माग्छन् । तर, केही मानिस भने पछाडिबाट बिना अनुमति पनि फोटो खिच्छन् । मिकेलले भनिन्–केही मानिसलाई लाग्छ कि मैले आफ्नो शरीरको आकार बढाउनका लागि सर्जरी गरेँ । तर, यो पूर्णतः प्राकृतिक हो। यद्यपि उनको तौल घटाउने कुनै योजना छैन । तैपनि नितम्ब ठुलो भएका कारण उत्पन्न हुने समस्याहरु धेरै रहेको उनी स्वीकार गर्छिन् ।
जब उनी हवाई यात्रामा निस्कन्छिन् तब दुई वटा टिकट लिनु पर्ने हुन्छ । अन्यथा उनलाई बस्न समस्या हुने गर्दछ । त्यसैले यसरी यात्रा गर्नु निकै महंगो पर्ने गर्दछ । त्यति मात्र होइन, उनलाई ढोकाभित्र छिन् पनि टेको दिनुपर्ने हुन्छ । उनी आफ्नो बाथरुमको ढोका पनि बन्द गर्न सक्दिनन् । किनभने उनको नितम्बको आकार अड्कने गर्दछ ।
मिकेलका पति रेगी र चार सन्तान लस एन्जल्समा बस्छन् । उनका पति रेगी भन्छन्–मिकेललाई म धेरै मन पराउँछ । अझ उनको सौम्य व्यवहारले मलाई सधै आकर्षित गर्दछ । एजेन्सी