तरकारी भन्दै चाँदी बोरामा हालेर पठाएपछि ....


जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुर १२ स्थित गोन्द्रागंबाट २३ किलो १५० ग्राम तौल  बराबरको चाँदी बरामद गरेको छ

विरगञ्जबाट काठमाण्डौं  आउदैं गर्दा भन्सार छली चोरी पैठारी सुचनाको आधारमा गएराती ना ५ ख ४०७१ नम्बरको रात्री बसबाट सो चाँदी लुकाई ल्याएको अवस्थामा प्रहरीले बरामद गरेको हो ।

प्रहरीले दिएको जनाकारी अनुसार भारतको मोतीहारी जिल्ला छौडादान बस्ने २२ वर्षीया विजय कुमार भन्ने व्यक्तिले तरकारीको बोरामा तरकारी हो भनि चाँदीका मुर्ति, पाउजु, बुटी, औंठी, लकेट, सिक्का, दाना, चावी रिङ गरी २३ किलो १५० ग्राम तौल बराबरको चादी बरामद गरेको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।

,

news and entertainment