अलगअलग उमेर समूहका ११० महिलाले दिए नाङ्गो पोज






‘मेक्सिकोज डे अफ द डेड थीम’ मा आयोजित एउटा फोटोसूटमा अमेरिकी पत्रकार स्पेन्सर टनिकलाई अलगअलग उमेर समूहका ११०महिलाले नाङ्गो पोज दिएका छन् ।
समाचार एजेन्सी एपीका अनुसार ती महिलाहरुले बुधबार बिहान तीब्र जिसोमा नाम मात्रको कपडामा खुला दिलले उनीहरुले पोज दिएका हुन् । फोटोसूटमा हरेक उमेर समूहका महिलाको सहभागिता थियो ।

टनिकले यो दोस्रो पटक यसप्रकारको फोटोसूट गरेका हुन् । यस रचनात्मक कार्यक्रममा भाग लिने महिलाहरु बुधबार बिहानै कार्यक्रमस्थलमा भेला भएका थिए । फोटोसूटमा मेक्सिको र अमेरिकाका विभिन्न सहरका महिला सहभागी थिए । टनिकले महिलाहरुलाई भनेका थिए कि उनीहरु सडकमै सुतुन्, मानौ मरेका हुन् ।
फोटोपत्रकारले भने–मेरो सिद्धान्त हो कि बिना कपडाका अलगअलग व्यक्ति सामूहिक रुपमा एक नयाँ आकारमा रुपान्तरित हुने गर्दछन् । उनले सन् २०१२ मा पनि यसप्रकारको तस्वीर खिचेका थिए। तलका तस्वीर सन् २०१२ अघिका हुन् । नियालेर हेर्दा तपाई तकित पर्नुहुनेछ । एजेन्सी

http://www.khabarsathi.com

, ,

news and entertainment