३ हजार कामदारले १६ वर्षमा बनाएको बिचित्रको दरवार (फोटो फिचर)







विश्वमा कतिपय यस्ता भवन र संरचना छन् जसको निर्माण खर्च कल्पना भन्दा पनि बढी परेको छ । त्यस्तै संरचना मध्ये एक हो भारत राजस्थानको उम्मेद भवन प्यालेस ।

यो भवन भारतकै सबैभन्दा महंगो र भव्य भवन मध्ये एक हो । यसको निर्माण राजस्थानका महाराजा उम्मेद सिंहले गरेका थिए । पहाडको काखमा रहेको यो दरवार पहाडकी रानीकोरुपमा 'चित्तर प्यालेस'कोरुपमा समेत परिचित छ ।

यो दरवार बनाउन १६ वर्ष लागेको थियो र ३ हजार कामदारले निरन्तर १६ वर्ष सम्म काम गरेका थिए । यो दरवारको निर्माण सन् १९२८ मा शुरु भएर १९४४ मा मात्र सम्पन्न भएको थियो ।

रोजगार दिनका लागि दरवार
उम्मेद भवन बनाउनुको उद्देश्य भने अनौठो छ । राजा उम्मेदले आफ्ना प्रजालाई बेरोजगारी र भोकमरीबाट बँचाउन यो दरवार निर्माण गरेका थिए । यो भवन बनाउने समयमा ३००० मानिसले रोजगार पाएका थिए । १ सय ८३ फुट अग्लो यो भवनमा ३०० भन्दा बढी कोठा छन् ।

यो भवन तत्कालीन जोधपुर शाही परिवारले प्रयोग गर्थे ।

करिव २० एकडमा फेलिएको यो दरवारको एक भागलाई अहिले पाँच तारे होटलमा बदलिएको छ ।

रमाइलो कुरा त यो भवन निर्माणका क्रममा ढुंगा जोड्न मसला प्रयोग गरिएको थिएन । यो भवनको डिजाइन एक अंग्रेज इन्जिनियरले गरेका थिए । उनको नाम हेनरी बान थियो ।
भारतका धनाड्य र सुपरस्टारहरुले यहाँ जन्मदिनको पार्टी गर्ने गरेका छन् ।
एजेन्सी ।

nepaliheadlines.com

,

news and entertainment