३० करोडको टोपी यस्तो (फोटो फिचर )

एउटा टोपीको कति पर्ला ? तपाईंले अनुमान गर्नुहोला बढीमा केही हजार त पर्ला । तर एक कोरियाली धनाड्यले एउटा टोपीलाई ३० करोड रुपैयाँ हालेर खरिद गरेका छन् ।
फ्रान्सका सम्राट नेपोलियन बोनापार्टले लगाउने ह्याट दक्षिण कोरियाका संग्रहकर्ता टीकेलीले करिव ३० करोडमा किनेका हुन् ।
19 coror cap
नेपोलियनले यो ह्याट सन् १८०० को म्यारिगो युद्धका क्रममा लगाएका थिए । पछि उनले यो टोपी आफ्ना पशु चिकित्सकलाई दिएका थिए ।

यही टोपी अहिले लिलाम बढाबढका क्रममा कोरियाली धनाड्यले ३० करोडमा किनेका हुन् । मोनाकोको शाही परिवारले आयोजना गरेको उक्त लिलामीमा टोपीको विक्री भएको हो । यो टोपी मोनाकोका राजा प्रिन्स लुईस द्वितीयले संग्रह गरेका थिए । लुईस द्वितीय मोनाकोका बर्तमान सम्राट अल्बर्टका हजुर वुवा हुन् । ३० करोडमा यो टोपी विक्रि गरेपछि साही परिवारले यो पैसाले दरवारको मर्मत सम्हार गर्ने जानकारी दिएको छ ।
19 coror cap 1

लिलामी गर्ने अक्शन हाउसले नेपोलियन बोनापार्टको टोपीको मूल्य कमसे कम तीन देखि चार लाख यूरोको बिचमा हुने अनुमान गरेको थियो ।
तर दक्षिण कोरियाका संग्रहकर्ताले आयोजकलाई समेत चकित पार्दै १९ लाख युरोमा यो टोपी खरिद गरे । यो टोपी नेपोलियन बोनापार्टले लगाउने १९ टोपी मध्ये एक हो ।

Neapoleon Bonaparte
भनिन्छ नेपोलियनले जीवनमा कूल १२० टोपीको प्रयोग गरे । जसमा १९ वटाको संग्रह नै गरिएको छ । 

सन् १९८४ मा आफैलाई फ्रान्सको सम्राट घोषणा गरेका नेपोलियनले सन् १८१५ को ऐतिहासिक वाटरलू युद्धमा पराजित हुनु अघि युरोपमका थुप्रै देशमा कब्जा जमाएका थिए ।
Neapoleon Bonaparte 1

एजेन्सी ।
www.nepaliheadlines.com/2014-11-18-12-27-57.html#sthash.FW8gSt55.dpuf

,

news and entertainment