मोदीकी पत्निको उजुरी परेपछि महानिर्देशकको जागिर चट
११ मङ्सिर, काठमाडौं ।
अहिले सार्क सम्मेलनका लागि नेपालमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नी पत्निले सुरक्षा ब्यवस्थाबारे जानकारी माग गर्दै उजुरी गरेपछि नेपाल आउने क्रममा स्पेशल प्रोटेक्शन ग्रुप (एसपीजी)का महानिर्देशकलाई हटाउने आदेशमा हस्ताक्षर गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
मोदीकी पत्नि जसोदाबेनले आरटीआई दर्ता गर्दै सुरक्षा सम्बन्धी जानकारी मागेको ४८ घण्टामै मोदीले एसपीजी महानिर्देशकलाई हटाउने आदेश दिएका हुन् ।
हटाइएका महानिर्देशक काठमाडौं आउने क्रममा मोदी रहेकै विमानमा सवार थिए ।
एक महिना पनि कार्यकाल बाँकि नरहेका उनलाई मोदीले विमानमा सवार रहेकै अवस्थामा बर्खास्त गर्ने आदेश दिएका हुन् । मोदी पत्निलाई सुरक्षा सम्बन्धि उजुरी दिन उक्साएको आशंका उनीमाथि गरिएको थियो । यद्यपी उनले मोदी पत्निलाई यस्तो कामका लागि उक्साएको पुष्टी हुन नसकेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
nepaliheadlines.com
