शाहरुख र प्रियंकाले सँगै टिभी सो चलाउने


'डन' जोडी शाहरुख खान र प्रियंका चोपडा अब टिभीमा पनि एकसाथ देखिने भएका छन। उनीहरुले सिमोन कोएलले निर्माण गर्ने 'गट ट्यालेन्ट' कार्यक्रममा चलाउने बुझिएको छ। कार्यक्रममा दश प्रतियोगी समूह वा व्यक्तिले आफ्नो प्रतिभा स्टेजमा लाइभ प्रस्तुत गर्ने छन। कार्यक्रमको सुरुवात डिसेम्बर ६ देखि मुम्बईमा हुनेछ। 
 
बलिउडमा नायकहरु सलमान खानले बिग बोस, आमिर खानले सत्यमेव जयते, अनुपम खेरले कुच भी होसक्ता है र अमिताभ बच्चनले कौन बनेगा करोडपति टिभी कार्यक्रम चलाउने गरेका छन।

,

news and entertainment