\
मुम्बई ।
अहिले बलिउडमा सन्नी लियोन चल्तीकी अभिनेत्री बनेकी छिन् । उनै
अभिनेत्रीलाई एक रियालिटी शोका प्रोड्युसर आफ्नो कार्यक्रममा जज बनाउन
अनुरोध गर्न पुगे । तर, सनीको माग सुनेर ती प्रोड्युसरको होसहवास नै हरायो ।
समाचारहरुमा जनाइए अनुसार रोडिज नामक रियालिटी शो का लागि अनुरोध गर्दा ४
करोड भारु मागेकी थिइन् । एमटिभीमा प्रसारण हुने उक्त शो का लागि उनलाई ६०
देखि ७० लाख भारुसम्म दिने तयारी थियो । उनले रकम भनेपछि प्रोड्यसरको मुख
एक छिन् त खुलाको खुलै रहेको थियो । प्रोड्युसरले भने यससम्बन्धी कुनै
प्रतिक्रिया दिन नमानेको बताइएको छ ।–एजेन्सी