हराएको मोवाईल पाइने नया प्रबिधि आयो चिन्ता नगर्नुहोस सहजै भेटिन्छ
अहिलेको युग सूचना प्रविधीको युग हो । सुचानाविनाको समाज अपुरो र अधुरो रहन्छ । सुचनाको विकासले नै मोवाईल गास बास कपास जत्तिकै महत्वपूर्ण बनेको छ। यस्तो आवश्यकताको कुरा मोवाईल हरायो भने कस्लाई चिन्ता नहोला? अझ महङ्गो मोवाईल हरायो भने त दुखद घटना नै बन्न पुग्छ। मोबाईल हराएमा मोबाईलमा रहेका सम्पूर्ण फोन नम्बर र अरु डाटाहरु गुमाइन्छ जसले हामीलाई सानो देखी लिएर ठुलै नोक्सान सम्म पुर्याउन सक्छ। मोबाईल हराउने र चोरी हुने क्रम एकदमै बडीरहेको हुनाले मोबाईल हराउने र चोरी हुने बड्दो चिन्ताको बिषय भएको छ, तसर्थ जेन्या प्रालिले बजारमा ‘जेन्या मोवाईल सेक्युरेटी’ एप्लिकेशन ल्याएको छ । अब तपाईको हराएको मोवाइलको विवरण तपाईले चाहेमा सहजै उपलब्ध हुन सक्ने छ। नेपालका केही सूचना प्रविधि क्षेत्रमा लागेका युवाहरुको समुहले एउटा गजबको मोबाइल एप्लीकेशन निमार्ण गरेका छन् जसले तपाईको हराएको मोवाइलको स्थान र प्रयोग गरेको व्यक्ती एक छिन मै पत्ता लगाउन सकिन्छ ।
मोवाईल हराएमा पत्ता लगाउने ‘जेन्या मोवाईल सेक्युरेटी’ एप्लिकेशन हो। यो एप्लिकेशन एनण्ड्रोइड मोइलहरुमा उपलव्ध छ। यो एप्लिकेशनको प्रयोगले तपाईको मोवाईल हराएमा सजिलै तपाईको मोवाईल कस्ले र कुन ठाउँमा प्रयोग गरिरहेको छ पक्ता लगाउन सकिने छ। सूचना प्रविधीको क्षेत्रमा काम गदै आएको जेन्या प्रालिले अहिले मोबाईल सुरक्छ्याको क्षेत्रमा पनि हात हालेको छ। निर्माण गरिएको एप्लिकेशनले तपाईको हराएको मोवाईलमा एउटा यूनिक कोडको मार्फत प्रयोग भएको स्थान र प्रयोग कर्ताको जानकारी सजिलै पत्ता लगाउन सकिने जेन्याको संस्थापक चेतन बुढाथोकीले जानकारी दिनु भयो । यो एप्लिकेसन हराएको खण्ढमा सकृय हुने भएकाले मोबाईलमा हलेपछी नदेखिने अथवा काम नगरिरहेको भान हुन सक्छ ।
‘जेन्या मोबाईल सेक्युरेटी’ डाउनलोड गरेपछि त्यो मोबाईल सम्बन्धि सम्पूर्ण जानकारी पाउन मोबाईल भेरिफाइ गर्नु पर्नेछ । भेरीफिकेसन प्राणालिमा मोबाईल ब्यक्तीको नाममा दर्ता हुन्छ । दर्ता भएको ब्यक्तिले आफ्नो मोबाईल कहाँ छ भनेर जानकारी पाउन सक्छन । भेरीफिकेसन प्राणालि यही मंसिर १५ गतेबाट काठमाण्डौ उपत्यकबाट सुरु हुनेछ । भेरीफिकेसन प्राणालि कहाँ र कसरी गर्ने भनेर जेन्या कम्पनीबाट यो एप्लिकेसन डाउनलोड गरिसक्नु भएको मोबाईलहरुमा सम्पार्क गरेर जान्कारी दिईनेछ ।
यो एप्लिकेशन एनण्ड्रोइड प्रयोग कर्ताले ‘Play Store’ मा ‘JEENYA Mobile Security’ खोज्दा भेटिने छ । यो एप्लिकेशनको सम्पूर्ण जानकारी ‘http://mobilesecurity.jeenya.com‘ मा पाउन सकिन्छ
एजेन्सी
