कतारमा ६ सय नेपाली हडतालमा

कतार, मंसिर ८ – न्युन तलबमा कार्यरत नेपाली सहित ७ सय कामदारले कतारमा दुईदिन देखि हड्तालमा उत्रेका छन् । त्यसमा झन्डै छ सय नेपाली रहेको कान्तिपुर दैनिकमा खबर छ  । कतारस्थित नेपाली दुताबासका अनुसार निकै कम तलबमा काम गर्नुपरेका उनीहरुले तलब बृद्धि हुनुपर्ने माग राखेर हड्तालमा उत्रिएका हुन् । ‘कामदारहरुको माग तलब बढाउनुपर्छ भन्नेछ’, श्रम सहचारी लिलानाथ दाहालले भने,’उनीहरु यही तलबमा काम गर्ने पक्षमा छैन् ।’ ती कामदारहरुले न्युनतम तलब ६ सय रियालमा काम गर्दै आएका छन् । उनीहरुले नेपाल सरकारले तोके बमोजिम ९ सय रियाल हुनुपर्ने बताएको छ । ‘६ सय रियाल निकै कम तलब भयो । यसले दैनिक खाना खाना ठिकै हुन्छ’, बर्दियाका नरेन्द्र थापा मगरले भने,’अब न्युन तलबमा काम गर्दिन् ।’ ती कामदार शनिबारदेखि लेबर क्याम्मै बसेका छन् । उनीहरु  कतार फि्रल्यान्स टे्रडिङ एण्ड कन्ट्रक्टीङ र कतार मिडिलिष्ट कम्पनीमा कार्यरत छन् । कामदारले नेपाल सरकारले तोकिएको तलब दिन नसक्ने भए नेपाल पठाइदिन माग राखेका छन् । कम्पनीले कामदारले माग गरे बमोजिम तलब बढाउन नसक्ने बताएको छ । ‘हामी एकैपटक कामदारको तलब बढाउन सक्तैनौं’, कम्पनीका म्यानेजर हमिद खानको भनाई उद्धत गर्दै श्रम सहचारी दाहालले भने,’बरु कामदार स्वदेश पठाउन तयार छौं ।’ नेपाल सरकारले लागु गरेको तलब यहाँका कम्पनीहरुले अझै दिने गरेको छैन् । कम्पनीले ती कामदारलाई पुर्नबिचार गर्न आग्रह गरेको छन् । कामदारको अबस्था आइतबार बिहान श्रमसहचारी दाहाल हडताल स्थानमा पुगेका थिए । त्यहाँ कतारका सरकारी अधिकारीहरु पनि पुगेका थिए । ‘काम निकै गार्‍हो हुन्छ । केही जोगाउन नसक्ने भए गरेर अर्थ हुदैन’, चार बर्षदेखि काम गर्दै आएका थापा मगरले भने,’बरु हामीलाई सकुशल घर पठाइदिनु नै बेस हुनेछ । यसमा हामी खुसी हुनेछौं ।’ उनीहरु काममा नफर्के कम्पनीले स्वदेश पठाइदिने छ ।ratopati.com

news and entertainment