बलिउडका बहुचर्चित तथा सर्वाधिक सफल अभिनेता शाहरुख खानले आफ्नो सफलताको एक रहस्य खोलेका छन्। उनले जीवनका केही रोचक कुराहरु समेत खोल्दै सफलताको रहस्य सार्वजनिक गरेका हुन्।
एक कम्पनीको प्रचारको क्रममा आयोजित पत्रकार सम्मेलनमा शाहरुखले आफ्नो सफलताको सम्पुर्ण श्रेय आफ्नी आमाको एक सल्लाहलाई दिए।
उनी आमाले उनलाई जिन्दगीमा खर्च कहिल्यै नघटाउनु बरु आय बढाउनु भन्ने सुझाव दिएको उनले खुलाए। आमाको त्यही सल्लाहका कारण आज यहाँसम्म पुगेको उनले बताएका थिए।
आमरुपमा घाँटी हरेर हाड निल्नु पर्छ भन्ने आम मान्यता रहेपनि शाहरुखकी आमाले भने उनलाई पैसा बचाउन खर्च कम गर्ने होइन् बरु बढि कमाउन सल्लाह दिन्थिन ।
चलचित्र प्रचारमा समेत अब्बल मानिने शाहरुख खान व्यवसायमा पनि उत्तिकै लागेका छन्। उनले चलचित्र निर्माण गर्ने 'रेड चिलीज' नामक कम्पनी नै छ। यसका साथै उनि इन्डियन प्रिमियर लिगको एक क्लब कोलकाता नाइट राइडर्सका समेत मालिक हुन्।
शाहरुखले आफू हुर्किएको घर बिक्री भइसकेको बताएका थिए। उनले आफ्नो घरमा धेरै समय घरमै रहेको पुस्तकालयमा बिताउने गरेको पनि बताए।
बादशाह शाहरुख यसरी सफल भए
news and entertainment
