गढीमाई मेलाका १० पदाधिकारीबिरुद्ध भारतीय अदातलमा मुद्दा दायर

काठमाडौ । अदालतको आदेश अवहेलना गरेको अभियोगमा गढीमाई मेला समितिका पदाधिकारीहरुमाथि भारतीय अदातलमा मुद्दा दायर गरिएको छ ।  भारतीय सुप्रिमकोर्टको आदेश  अवज्ञा  गरेको अभियोगमा गढीमाई मेला समितिका १० पदाधिकारीबिरुद्ध मुद्दा दर्ता गरिएको छ । भारतीय जिव जन्तु कल्याण वोर्डका सदस्य एवम पिपुल फर एनिमलका गौरी मलेखीले पशुवलिका लागि भारतीय जनतालाई उक्साएको र भारतीय अदालतको आदेश उलंघन गरेको अभियोममा मुद्दा दायर गरेका छन् ।



 गढिमाई मेला समितिका अध्यक्ष रामचन्द्र साह ,महासचिव मोतीलाल कुशवाहा, कैलास महतो ,राजन्द्र साह ,पूर्व समासद शिवचन्द्र कुशवाहा त्रिपुरारी साह,विश्वचन्द साहउ  अरविन्द गुप्ता,वीरेन्द्र कुशवाहा लगायत १० जना माथि मुदा दायर गरेका छन् ।
गढीमाई मेलामा भारतबाट अवैध रुपमा रागा लगेर बली दिने गरिएको भन्दै भारतको सुप्रिम कोर्टमा दिएको मुद्दामा कोर्टले १४ अक्टुवरको दिन मेलामा रागा ल्याउन रोक लगाएको फैसला गरेको थियो । एजेन्सी

,

news and entertainment