किन नांगिए यी आमा छोरी ?
एजेन्सी– बेलायतकी एक वृद्घ महिलाले सामाजिक कार्यका लागि चन्दा संकलन गर्न भन्दै आफूलाई निर्वस्त्र पारेकी छन् ।
चन्दा संकलन गर्न ७४ वर्षकी बार्बरा स्टेभेन्स निर्वस्त्र प्रस्तुत भएकी हुन् ।
उनले रेस्क्यू क्यालेन्डरका लागि आफ्नो नांगै तस्वीर खिचाएकी हुन् ।
उनले यस अघिपनि तीन पटक क्यालेन्डरका लागि नांगै तस्वीर खिचाएकी थिइन् । सन् २००५ मा उनको पहिलो पटक नग्न तस्वीर खिचाएकी थिइन् । सन् २००७ र २००९ मा पनि उने आफ्नो नांगो तस्वीर खिचाएकी बताइएको छ ।
बार्बाराकी छोरीले पनि च्यारिटीका लागि क्यालेन्डर मै नांगो तस्वीर खिचाएकी छिन् । यसरी नांगो तस्वीर आएपछि करिव ५५ लाख चन्दा संकलन समेत भएको छ । बार्बरा बेलायतका प्रभावशाली नेता निगल फारेजकी आमा हुन् ।
