गीनिज बुकमा शंकर वीसीको दाबी



टेलिभिजन खोल्यो कि, धेरैजसो लोकगीतमा एक ठिटो नाचिरहेको हुन्छ । अधिकांश लोकगीतमा नाच्ने ठिटोको नाम शंकर वीसी हो । नेपाली लोकगीतको म्यूजिक भिडियोमा शंकर वीसी सर्वाधिक चर्चित नाम बनेको छ ।


उनै शंकर वीसी अब एउटा  दाबीका साथ गिनिज बुकमा नाम लेखाउने तयारीमा लागेका छन् । शंकरले आजसम्म १६ सय वटा लोकगीतको म्यूजिक भिडियो निर्देशन र ९ सय वटा भिडियोमा अभिनय गरिसकेका छन् ।
कुनै पनि व्यक्तीले आजसम्म यति धेरै भिडियोमा अभिनय नगरेको भन्दै वीसीले ‘गीनिज बुक अफ द वल्र्ड रेकर्ड’मा नाम लेखाउने तयारी थालेका छन् । अनलाइनखबरसँग कुरा गर्दै शंकरले बलिउड र हलिउडमा पनि यस्तो नभेटिएकाले आफूले दाबी गरेको बताए ।
उनले आफूले अभिनय गरेका ५ सय म्यूजिक भिडियो संकलन गरिसकेको बताएका छन् । अब ४ सय वटा भिडियो संकलन गरेपछि ‘गीनिज बुक’ प्रक्रियामा लाग्ने उनले बताएका छन् ।

एजेन्सी

,

news and entertainment