प्रहरीले नै लियो सुराकी गरेको २३ करोड कमिसन, रमेश खरेलकी पत्नी सुराकी

१६ पुस, काठमाडौं । नक्कली सुराकी खडा गरेर प्रहरीले तस्करीका क्रममा बरामद हुने सुनबाट लाखौं कमिसन खाने गरेको छ । पछिल्ला तीन वर्षमा झन्डै साढे २३ करोड रुपैयाँ कमिसनमा खर्च भएको छ । त्यसको ७० प्रतिशत रकम प्रहरीले नै खाएको छ ।



नियमित चेकजाँचका क्रममा गत १९ कात्तिकमा प्रहरीले थानकोटबाट बरामद गरेको सात किलो सुनमा पनि नक्कली सुराकी खडा गरिएका छन् । सुराकी प्रतिवेदनमा प्रहरीका आफन्तकै नाम उल्लेख गरिएको नयाँ पत्रिकामा खबर छ ।
त्यस्तै, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) ले बरामद गरेको ३५ किलो सुनमा पनि प्रहरीले आफन्तलाई नै नक्कली सुराकी बनाएको छ । प्रहरीले आफन्तलाई नै सुराकी देखाएर वास्तविक सुराकीको पैसा खान खोजेपछि संसदको सार्वजनिक लेखा समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन थालेको छ । ‘सुराकी कमिसनका नाममा योभन्दा डरलाग्दा भ्रष्टाचार भएका छन्,’ स्रोतले भन्यो ।
रमेश खरेलले भने कमिसन लिएकै हो
यसैबीच एसएसपी रमेश खरेलले श्रीमती मार्फत कमिसन खाएको स्वीकार गरेका छन् । उनले भने-‘मैले घुस खाएको छैन् । भ्रष्टाचार गरेर पैसा कमाएको छैन । नियमअनुसार खान के भयो ? वीरगन्जमा हुँदा पनि नियमले पाउने गरी नै खाएको हुँ । झुटो बोल्दिन, श्रीमतीको नाम राखेकै हुँ । तर, के मेरी श्रीमती देशकी नागरिक होइनन् ? के उनले सुराकी दिने अधिकार राख्दिनन् ? सिरहामा चोरीको स्कर्पियो गाडी समात्दा र काठमाडौंमा अवकाशप्राप्त एआजी रमेश श्रेष्ठको गाडी समाद्यता पनि मैले नियमले मिल्ने गरी कमिसन खाएको छु । नियम अनुसार प्रहरीले कमिसन खान्छ । यो विगतदेखिकै प्रचलन हो ।’
एजेन्सी

,

news and entertainment