हत्याको अभियोग लागेका सलमान खान विरुद्ध मुद्दाको सुनुवाई अदालतमा हुँदै
एजेन्सी, मुम्बई, १७ मङ्सिर, भारतीय अभिनेता सलमान खानले सन् २००२ मा गाडीले ठोक्काएर एक व्यक्तिको हत्या गरेको (हिट एन्ड रन) अभियोगमा परेको मुद्दाको आज सुनुवाई हुने भएको छ । सन् २००२ को सेप्टेम्बर २८ मा मुम्बईको बान्द्रामा आफ्नो गाडीले ठोक्काएर एक व्यक्तिको हत्या गरेको आरोपमा सलमान विरुद्ध मुद्दा चलिरहेको छ । सोही मुद्दाको आज मुम्बई स्थित अदालतमा सुनुवाई सुरु भएको हो ।
सलमान खान आफ्नी दुई बहिनीहरु अलवीरा र अर्पिताका साथ अदालतमा हाँजिर भएका छन् । मुद्दा कसको पक्षमा फैसला हुन्छ त्यो निर्णय हुन भने बाँकी नै छ ।
बान्द्रा स्थित एक बेकरीको अगाडि बसिरहेका ५ व्यक्तिलाई सलमानको गाडीले ठक्कर दिएको थियो जसमा ४ जना घाइते भएका थिए भने १ को ज्यानै गएको थियो । एजेन्सी
