अमेरिकाले गान्धी वियर बनाएपछि भारतमा हंगामा
एजेन्सी ।
भारतमा राष्ट्रपिता भनिने माहात्मा गान्धीको तस्विर र नाम प्रयोग गरेर एक अमेरिकी कम्पनीले बियर बनाएपछि भारतीयहरुले विरोध गरेका छन् । महात्मा गान्धीको तस्विर र नाम सहितको यो वियरले अमेरिकामा बस्ने भारतीयहरुले गम्भिर आपत्ति जनाएका छन् ।
भारतीय मुलका अमेरिकीहरुले समेत यसका लागि कम्पनीले माफी माग्नु पर्ने माग गरेका छन् ।
हैदरावादका एक वकिल जनार्दन रेड्डीले त वियरमा गान्धीको नाम दुरुपयोग गरिएको भन्दै अमेरिकी अदालतमा मुद्धा नै हालेका छन् । यसलाई दण्डनीय अपराध मान्दै कम्पनीलाई कारवाही गर्नु पर्ने उनको माग छ ।
बियर उत्पादन गर्ने अमेरिकी कम्पनी न्यू इङ्ग्ल्याण्ड ब्रुइङले बियरको नाम नै गान्धी बोट राखेको छ ।
यो वियर पुरै साकाहारी भएको भन्दै यसले स्वास्थ्यमा राम्रो फाइदा गर्ने दावी समेत कम्पनीको छ ।
