“ तेरो बाउको राज्य हो र सडक जाम गर्छस ” डिएसपी शर्मा
समय : ८.४० बिहान
स्थान : इटहरी
पूर्व टेङग्रा पुल
बस नंम्बर : को १ ख ४११८ धरानबाट काकरभिट्टाका लागी छुटेको को १ ख ४११८ नंम्बरको अपेक्षा डिलक्स इटहरीको पूर्व टेङग्रा पुल (बस स्टेण्ड) मा रोकिन्छ । निकै तिब्र गतीमा आएको बस स्टेण्डमा रोक्ने ठाँउ हुदैन । र बसका चालक भिम राज लिम्बुले बस सडकमा रोक्छन । स्टेण्डमा रहेका दुई जना ट्राफिक प्रहरी सडकमै गाडी रोकेको देखेर बस तर्फ अगाडी बढ्छन । ट्राफिकले किन सडकमा रोकेको गाडी भन्दै चालकलाई सोध्छन जवाफमा ठाँउ न भएपछि के गर्ने भन्ने चालकले जवाफ फर्काउछन । सडकमा नै गाडी रोकेको भन्दै ट्राफिक प्रहरीले गाडीलाई जरिवाना स्वरुप एक हजारको रसिद थमाउछन ।
केही बेर चालक र ट्राफिक प्रहरी बिच चर्काेचर्काे हुन्छ । र अन्तिममा जरिवान चालकले तिर्छन । जब ट्राफिक प्रहरी फर्कछन त्यस पश्चात चालकले पुनः बस सडकको बिचमा रोक्छन र स्र्टाट अफ गरि तल झर्छन । बस सडकको बिच भागमा रोकिएपछि पूर्व र पश्चिम जाने सडक अबरुद्ध हुन्छ । छेउमै रहेको टेङग्रा पुल साँगुरो भएको कारण पनि अन्य दिनमा त्यस क्षेत्रमा बढी नै सबारीको भिड हुन्छ । यसरी ट्राफिक प्रहरीको रिसले सडकमै बस बन्द गरि चालक हिडेपछि निकै लामो सबारी जाम भइसकेको हुन्छ । अन्य सबारीका चालकले के गरेको भन्दै बसका चालकलाई बस हटाउन अनुरोध गर्छन तर ति बसका चालक लिम्बु टेरदैन्न । र सबारी जाम भएपछि इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी बिनोद शर्मा त्यहाँ पुग्छन ।

शर्माको टोली त्यहाँ पुगुन्जेल सबारीको लाम निकै लामो भइसकेको हुन्छ । डिएसपी शर्माले बसका चालकलाई देख्न साथ सडकमै झापड हान्छन । “तेरो बाउको राज्य हो र सडक जाम गर्छस” भन्दै शर्माले चालक भिम राज लिम्बुलाई ३ झापड हान्छन । साथै बसका सहचालक बद्री पौडेललाई समते डिएसपी शर्माले झापड हान्छन । र डिएसपीको टोलीले ति चालक र सहचालक सहित बसलाई नियन्त्रणमा लिई प्रहरी कार्यालय लान्छन । यसरी ति चालकको सन्काह व्यवहारले आदी घण्टा सम्मको सबारी जाम खुल्छ । अन्य सबारीका यात्रु तथा चालकहरुले पनि यो कार्यको बिरोध गरेका थिए ।
“चित्त नबुझे अन्य बिकल्प रहँदा रहँदै पनि उत्त बसका चालकले सडकमै बस तेर्साएर हिडेपछि अन्यलाई अबरोध र समस्या पर्छ भनेर हामीले सम्झाएका थियाँै नमाने पछि प्रहरीको फेला परे” अर्का एक बसका चालक भन्दै थिए । ति चालकको सन्काह व्यवहारले पथरीबाट सुत्केरी लिएर हिँडेको एक एम्बुलेन्सलाई समेत अबरोध पुगेको थियो । अहिले ती बसका चालक, सहचालक र बस इलाका प्रहरी कार्यालयको नियन्त्रणमा छ । डिएसपी शर्मा भन्दै थिए “चालकलाई कडा भन्दा कडा कारबाहि गर्छु” । sancharpati.com भिडियो हेर्न तलको बाकस थिच्नुहोस