विमानमा खरावी आएपछि सातजना यात्रु हामफालेर बाँचे


काठमाडौं, पौष २३ । न्युजिल्याण्डमा सानो बिमानमा खराबी आएपछी पाइलटले यात्रुहरुलाई प्यारासुट मार्फत हामफाल्न लगाई ७ जना यात्रुको ज्यान जोगाएका छन् ।

न्युजिल्याण्डबाट उत्तरी क्षेत्रतर्फ ७ जना स्काइडाइभर सहितको बिमानको इन्जिनमा खराबी आएपछि बिमान चालकले चालकदलका सदस्य ५ सदस्यसहित ७ यात्रुलाई हामफाल्न लगाई ज्यान जोगाएका हुन् ।
बिमानमा सवार सबैले हामफालेपछी चालकले पनि हामफालेका हुन । बिमानका यात्रुहरु हामफालेको केही बेरमा नै बिमान दुर्घटनाग्रस्त भएको बताइएको छ । बिमान उडेका केही बेरमा नै इन्जिन बन्द भएको संकेत चालकले पाएका थिए ।

,

news and entertainment