पत्रिकाको कार्यालयमा गोली चल्यो, १० जना मारिए



२३ पुस, एजेन्सी ।


फ्रान्सको राजधानी पेरिसस्थित एक पत्रिकाको कार्यालयमा गोली चलेपछि कम्तिमा १० जना मारिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । फ्रन्सको ब्यङ्गात्मक साप्ताहिक पत्रिकाको कार्यालयमा यस्तो घटना भएको हो ।






'चार्ली हेड्वो' नामक उक्त साप्ताहिक पत्रिकाको कार्यालयमा विहान सवेरै बन्दुकधारीहरु पसेर १० जनाको हत्या गरेको समाचारमा जनाइएको छ ।



सन् २०११ मा इस्लाम धर्मका प्रवर्तक पैगम्बर मुहम्मदको कार्टुन प्रकाशित गरेपछी यो पत्रिका निक्कै विवादमा परेको थियो ।

,

news and entertainment