प्रमाण नष्ट गर्ने क्रममा घुस लिएको रकम यसरी निलेपछी …मुखबाट नोट निकाल्दा अख्तियारका कर्मचारीको औंला टोकियो –




प्रमाण नष्ट गर्ने क्रममा घुस लिएको रकम निलेपश्चात अख्तियारका कर्मचारीले निकाल्न खोज्दा औला टोकियो ।
भ्रष्टाचारको अभियोगमा पक्राउ जिल्ला नापी कार्यालय रुपन्देहीका सर्वेक्षक रामराज यादवले प्रमाण नष्टगर्ने क्रममा घुस लिएको नोट चपाएर निलेका छन् । घुससहित पक्राउ रामराज यादव बुधवार रुपन्देहीको भैरहवास्थित पवन मिष्ठान्न भण्डार अगाडि सेवाग्राहीसँग घुस लिने क्रममा अख्तियारको टोलीबाट रङ्गेहात पक्राउ यादवमाथि विहीवार छानविनको क्रममा यस्तो भेटिएको हो । अख्तियारको बुटवलस्थित लुम्विनी अञ्चल कार्यालयका प्रमुख निराजन घिमिरेका अनुसार यादवले सेवाग्राहीसँग ६ हजार घुस लिएका थिए ।

उनीबाट तीन हजार सग्लो अवस्थामा बरामद भएको छ । एउटा नोट चपाएर कामै नलाग्ने अवस्थामा उनको मुखबाट जवरजस्ती थुतेर निकालिएको हो । यो नोट थुत्ने क्रममा यादवले अख्तियारका एक कर्मचारीको औलै टोकेर रक्ताम्य बनाइदिएका छन् । अरु दुईवटा नोट यादवले चपाएर निलेको अनुमान गरिएको छ । हराएका दुईवटा नोट उनले फ्याँकेको नपाएको कुरा समेत अधिकृत घिमिरेले बताए । यादवलाई अख्तियारको टोलीले पवन मिष्ठान्न अगाडि पक्रन कोशिस गर्दा उनी मोटर साइकल कुदाएर भागेका थिए । अख्तियारको टोलीले घटनास्थलभन्दा धेरै टाढा युनिभर्सल मेडिकल कलेज क्षेत्रसम्म पिछा गरी पक्रेको थियो । अख्तियारले गत दुईमहिना भित्रमा जिल्ला नापी कार्यालयका यादवसहित तीन सर्वेक्षक घुस रकमसहित पक्राउ गरी मुद्धा चलाएको छ । यसक्षेत्रमा हाल जग्गाको पुनः नापनक्सा गरी हालको अवस्था सावित गर्ने काम चलिरहेको छ । यस क्रममा जग्गाका साँध सिमाना फरक पारीदिएर दुःख दिई सेवाग्राहीसँग घुस लिने क्रम बढेकाले अख्तियारले नापी कार्यालयलाई निसाना बनाई काम गरिरहेको छ । लुम्विनी अञ्चल क्षेत्रमा गत दुई महिना भित्रमा कुल सातजना कर्मचारी पक्राउ परेका छन् । यसअघि घुस रकम सहित पक्राउ परेका ६ कर्मचारीमा रुपन्देही नापी कार्यालयका सर्वेक्षक राजेन्द्रलाल श्रीवास्तव र जाकीर राईन, विद्युत कार्यालय नवलपरासीका सुपरभाइजर दिनेश श्रेष्ठ, जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका नायव निरिक्षक(सई) पूर्ण बहादुर केसी, रुपन्देहीको मानमटेरिया कार्यालयका खरिदार शिव प्रसाद उपाध्याय रहेका छन् ।
स्रोत :अन्नपूर्ण पोस्ट

,

news and entertainment