अब महिलालाई छुट्टै बस

सार्वजनिक बसमा पुरुषसँगै यात्रा गर्दा महिलामाथि दुव्र्यवहार भएको समाचार सार्वजनिक भइरहेका बेला उनीहरूका लागि अब छुट्टै बससेवा सञ्चालन हुने भएको छ।

यही पुस २० गतेदेखि बागमती यातायात व्यवसायी संघले महिलाका लागिमात्रै स सञ्चालन गर्ने भएको हो।

संघले काठमाडौंको कलंकीदेखि भक्तपुरको बालकोट चल्ने आफ्ना गाडीमध्ये चारवटा महिलाका लागिमात्रै चलाउने निर्णय गरेको छ।

अहिले १४ किलोमीटर लामो यो रुटमा संघका १७ सिटका ४० वटा बस चल्छन्।

संघका अध्यक्ष भरत नेपालका अनुसार महिलाका लागिमात्र चलाइने बसका चालक हाललाई पुरुष भएपनि सहचालक केही महिला हुने खबर आजको अन्नपूर्ण पोस्ट ले छापेको छ ।

news and entertainment