मोदीले बाराक ओबामाको नक्कल गरेपछि… (फोटो फिचर)


January 7,
एजेन्सी । अमेरिकी राष्ट्रपति बाराक ओबामा २६ जनवरीमा भारत भ्रमणमा आउँदैछन् । अहिले नरेन्द्र मोदीको ‘स्वच्छ भारत अभियान’ जस्तै ओबामाले पनि झाडु लगाइरहेको तस्वीरहरु विभिन्न सामाजिक सञ्जालमा चर्चाको विषय बनेका छन् ।






बाराक ओबामा भारत आएर मोदीको अभियानमा जोडिने बारेमा अहिलेसम्म आधिकारिक कुनै भनाई आएको छैन । तर, उनी यस्तै अभियानमा जोडिएको तस्वीर सामाजिक सञ्जालहरुमा चर्चामा ल्याइएको हो ।
ओबामाका यी तस्वीर ह्वाइट हाउसबाटै सन् २०१४ सार्वजनिक भएका वास्तविक तस्वीरहरु हुन् । तर ती तस्वीरहरु कहिलेका हुन् भन्नेबारे केही खुलाइएको छैन ।
अमेरिकामा उक्तिसारो चर्चामा नआएको यो अभियानमा भारतमा भने थुप्रै सामाजिक र फिल्मी हस्तीहरुले समेत साथ दिएका थिए । मोदीले डिसेम्बरमा मात्र वाराणसीमा झाडु लगाइरहेको दृश्य देखिएको थियो ।

,

news and entertainment