विश्वभर यसरी मनाइयो पाइन्ट फुकाल्ने दिवस (फोटो कथा)
२०७१ पुष २९
पाइन्ट नलगाइकन भूमिगत सडकमा यात्रा गर्ने दिवस यो पटक पनि जनवरी ११ मा विश्वका विभिन्न देशमा मनाइएको छ । १४ औँ नो प्यान्ट्स सबवे राइड डे को अवसरमा यो पाला समेत कैयन् युवा युवतीहरु लाज नमानीकनै पेन्टी तथा कट्टु मात्र लगाएर सब वेको यात्रामा निस्किए ।
न्युयोर्कसँगै वासिंटन, मेक्सिको सिटी, इटालीको मिलान, बेलायतको लण्डन, जर्मनीको बर्लिन, चेक रिपब्लिकको प्राग्वे, स्पेनको बार्सिलोना, क्यानडाको टोरन्टो, पोल्याण्डको वार्सामात्र होइन भारतको बैंगलोर सहरका भूमिगत मार्गहरुमा समेत युवा युवतीहरु पेन्टी तथा कट्टु मात्र लगाएर यात्रा गरिरहे ।
