उपेन र दिपिकाका गोप्य तस्विरले हंगामा (तस्विर सहित)
एजेन्सी ।
बिगबोस ८ बाट बाहिरिएका प्रतियोगी मोडल उपेन पटेल दिपिका पादुकोणसँग अन्तरंग सम्बन्धमा रहेको तथ्य बाहिर आएको छ । उपेन र दिपिका मोडल हूँदा उनीहरुबीच प्रेम सम्बन्ध रहेको पछिल्लो पटक सार्वजनिक भएका तस्विरले पुष्टी गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
सामाजिक सञ्जालमा भाइरल बनिरहेका तस्विरमा पादुकोण उपेनसँग रोमान्टिक मुडमा देखिएकी छिन् । मोडल भएको समयमा उपेनसँग सम्बन्ध रहेपनि मुम्बाइ आएपछि भने दिपिकाले उपेनलाई छोडेको समेत बताइएको छ ।
पछिल्लो पटक विगबोसमा हुँदा भने उपेन करिश्मा तन्नासँग नजिकिएका थिए ।
