थाहा पाउनुस् किन मारिन्छन् यत्रो संख्यामा सर्पहरु (फोटोफिचर)




 इन्डोनेसिया, पुस १८ – इन्डोनेसियाको एक कारखानामा रगतले पोतिएका कयौँ सर्पहरु यत्रतत्र छरिएका छन् । यतिको संख्यामा यी सर्पहरुलाई किन मारियो भनेर तपाईं अचम्ममा पर्नुभएको होला । यी सर्पहरुलाई ब्याग र जुत्ता बनाउनको लागि मारिएको हो । सर्पको छालाको ब्याग र जुत्ताको मोह संसारका थुप्रै मानिसहरुबिच बढिरहेको छ ।


 इण्डोनेसियाको मध्य जाभा प्रान्तमा रहेको ब्याग कारखानामा मरेको सर्पहरुको थुप्रो लगाइएको छ । उक्त कारखानाका कर्मचारीहरुले प्रत्येक हप्ता हज्जारौँको संख्यामा सर्पहरुलाई मार्ने गरिन्छ । यी सर्पहरुलाई विभिन्न तरिकाले मारिन्छ । कतिपय तरिका त निकै क्रुर हुने बताएको छ ।

 डेली मेलका अनुसार सर्पलाई मारिसकेपछि तिनिहरुमाथि पानी हालिन्छ र बेलुन जस्तो फुलाइन्छ । त्यसपछि विभिन्न चरण पार गरि सर्पबाट त्यसको छाला निकालिन्छ जसलाई ब्याग र जुत्ता बनाउन प्रयोग गरिन्छ । हेरौँ सर्पको वधशालाको केहि तस्बिरहरुः


,

news and entertainment