कपिलले गरे ३ वटी श्रीमती भएको खुलासा



एजेन्सी ।

बलिउडका चर्चित कमेडियन एवं अभिनेता कपिल शर्माले आफ्ना तीनबटा श्रीमती भएको खुलासा गरेका छन् । अविवाहित कपिलले आफै यस्तो खुलासा गर्दा सबै चकित परेका छन् ।

kapil sharma

तर उनले यो रियल लाइफमा नभएर रिल लाइफमा भएको कुरा हो । खासमा उनले आफ्नो बलिउडमा एक कमेडी चलचित्रबाट प्रवेश गर्दैछन् ।

अब्बास-मस्तानको निर्देशनमा रहेको चलचित्र 'किस किस को प्यार करूं' मा उनले मुख्य भूमिका खेल्दै छन् ।

जसमा उनका तीन श्रीमती छन् । तीन बटी श्रीमती पाउँदा आफूलाई रमाइलो लागेको कपिलको भनाइ छ ।


,

news and entertainment