साताको राशिफल
आज मिति २०७१ साल पौष २१ गते आईतबार तदअनुसार २०१४ जनवरी डिसेम्बर ४ तारेख पौष शुल्क पक्ष चतुर्दसी तिथि । तपाईको यो साता कस्तो रहनेछ ? हेर्नुहोस्, साताको राशिफल :
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
साताका सुरुका दिनहरू अनुकूल रहनेछन्। शनिबार अर्थपूर्ण काम गरिनेछ। आइत, सोमबार सहकार्यमा सहज हुनेछ। आफ्नो प्रशंसा गर्नेहरू बढ्नेछन्। क्रियाशीलता बढ्नेछ। साताका बाँकी दिनहरू खासै विश्वसनीय नरहन सक्छन्।
वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
साताका अधिकांश दिनहरू अनुकूल रहनेछन्। शनिबार उच्चस्तरीय कार्यप्रदायक रहनेछ। आइत, सोमबार प्रभाव बढ्नेछ। मंगल, बुधबार सर्वोत्कृष्ट र कार्यसिद्धिदायक रहनेछ। बिहीबार, शुक्रबार द्विविधात्मक रहनेछ।
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
साताका सुरुका दिनहरू अनुकूल रहनेछन्। शनिबार अर्थपूर्ण काम गरिनेछ। आइत, सोमबार सहकार्यमा सहज हुनेछ। आफ्नो प्रशंसा गर्नेहरू बढ्नेछन्। क्रियाशीलता बढ्नेछ। साताका बाँकी दिनहरू खासै विश्वसनीय नरहन सक्छन्।
वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
साताका अधिकांश दिनहरू अनुकूल रहनेछन्। शनिबार उच्चस्तरीय कार्यप्रदायक रहनेछ। आइत, सोमबार प्रभाव बढ्नेछ। मंगल, बुधबार सर्वोत्कृष्ट र कार्यसिद्धिदायक रहनेछ। बिहीबार, शुक्रबार द्विविधात्मक रहनेछ।
मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
साता मिश्रित रहनेछ। शनिबार निकै खर्चिलो रहन सक्नेछ। आइत, सोमबार महत्त्वपूर्ण अवसर प्राप्त हुनेछ। मंगल, बुधबार मध्यम रहनेछ। बिहीबार, शुक्रबार सामाजिक काममा संलग्न भइनेछ। यश, कीर्ति मिल्नेछ।
कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
साता सरदर रहनेछ। शनिबार सबै प्रकारले अनुकूल लाभदायक रहनेछ। आइत, सोमबार व्यवधान बढ्नेछ। मंगल, बुधबार भाग्योदय हुनेछ। पढाइलेखाइमा गति थपिनेछ। बिहीबार, शुक्रबार मध्यम रहनेछ।
सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
साताका प्रायस् दिन अनुकूल रहनेछन्। शनिबार मानसम्मान मिल्नेछ। आइत, सोमबार उत्तमोत्तम फल प्राप्त हुनेछ। मंगल, बुधबार सौखिन खर्च हुन सक्नेछ। बिहीबार, शुक्रबार महत्त्वपूर्ण र उच्चस्तरीय कार्यक्रम बन्नेछ।
कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
साताको सुरुदेखिका अधिकांश दिनहरू अनुकूल रहनेछन्। शनिबार दानशील रहनेछ। आइत, सोमबार मानसम्मान, पदप्रतिष्ठा मिल्नेछ। मंगल, बुधबार आयआर्जनको नयाँ स्रोत खुल्नेछ। बिहीबार, शुक्रबार शिथिलप्रायस् रहनेछ।
तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
साताको सुरुबाहेकका बाँकी सबै दिनहरू अनुकूल रहनेछन्। शनिबार निकै कठोर प्रयास गर्नु पर्नेछ। आइत, सोमबार परोपकार गरिनेछ। मंगल, बुधबार प्रशंसनीय रहनेछ। बिहीबार, शुक्रबार आयआर्जन र विद्याबुद्धि बढ्नेछ।
वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
साताको सुरु र अन्तिम अनुकूल रहनेछ। शनिबार व्यापार, व्यवसाय र पारवहन कार्य सहज हुनेछ। आइत, सोमबार प्रतिकूल रहनेछ। मंगल, बुधबार मध्यम रहनेछ। बिहीबार, शुक्रबार सम्मानित भइनेछ। मन प्रसन्न हुनेछ।
धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
साताको सुरुका दिनहरू अनुकूल रहनेछन्। शनिबार शत्रु परास्त हुनेछन्। आटेको काम बन्नेछ। आइत, सोमबार अति उत्तम र सार्थक रहनेछ। मंगल, बुधबार हानिकारक रहन सक्नेछ। बिहीबार, शुक्रबार मध्यम रहनेछ।
मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
साताको सुरुदेखिका धेरै दिनहरू अनुकूल रहनेछन्। शनिबार बौद्धिक काम गरिनेछ। आइत, सोमबार शत्रुमाथि विजय प्राप्त हुनेछ। मंगल, बुधबार दाम्पत्यबाहेकका अन्य पक्ष सबै सबल रहनेछन्। बिहीबार, शुक्रबार प्रतिकूल रहनेछ।
कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
साताको सुरुको एक दिन बाहेकका बाँकी सबै दिनहरू अनुकूल रहनेछन्। शनिबार ईष्र्याप्रधान रहनेछ। आइत, सोमबार निर्णय क्षमता बढ्नेछ। मंगल, बुधबार सहकार्यमा सहज हुनेछ। बिहीबार, शुक्रबार सुखद कार्य यात्रा हुनेछ।
मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
साताको सुरु र अन्तिमका दिनहरू अनुकूल रहनेछन्। शनिबार कार्यगत तीव्रता थपिनेछ। आइत, सोमबार नितान्त प्रतिकूल रहनेछ। मंगल, बुधबार मध्यम प्रायस् रहनेछ। बिहीबार, शुक्रबार काममा सफलता मिल्नेछ। आत्मबल बढ्नेछ।
