झिँगा आकारका सुराकी रोबोट उत्पादन गर्दै अमेरिकी सैनिक
झिँगा आकारका सुराकी रोबोट उत्पादन गर्दै अमेरिकी सैनिक
अमेरिकी सैनिक अनुसन्धानकर्ताहरुले झिँगा आकारको सानो रोबोट बनाइरहेका छन् । यी रोबोटले दुस्मनको विभिन्न ठाउँमा गएर सुराकी गर्नेछन् । अमेरिकी सैनिक अनुसन्धान प्रयोगशालाका डाक्टर रोन पोल्काविच
तथा उनको टिमले तीन देखि पाँच सेन्टिमिटर लामा यस्ता दुई रोबोट विकास पनि गरिसकेका छन् । यी रोबोट लीड जिर्कोनियम टाइटेन्टबाट बनेका छन्। पोल्काविचका अनुसार यस्ता रोबोट उड्न पनि सक्नेछन् । र, भनेको ठाउँमा पुगेर दुस्मनको खबर दिनेछन् ।
