यौन स्वास्थ्य प्रश्नोत्तर – ८
-
२२. महिलाहरुको अपार यौन आनन्दको पक्ष के हो ?
पुरुषसरह महिलाका मांशपेशी फुल्ने र खुम्चने गर्छन् । पुरुषजस्तै महिला स्खलित हुँदैंनन् । महिलामा चरम आनन्द लिने काममा भगनासिका (क्लिटोरिस) को प्रमुख भूमिका रहन्छ । योनि ०.८ सेकेण्डको अन्तर पारेर ३ देखि १५ पटक फुल्ने र खुम्चने गर्छ । चरम आनन्द प्राप्त भएपछि फेरि अर्कोपटक सम्भोग गर्नका लागि समयको आवश्यकता पर्दैन तथा निरन्तर उत्तेजनामा पु¥याउने काम भएमा लखतरान नभएसम्म महिलाले एकपटक मात्र हेइन धेरैपटक चरमआनन्द प्राप्त गर्न सक्छिन् ।
२३. मासिक धर्मसंग सम्भोगात्मक आवेशको के संबन्ध छ ?
मासिक धर्म सुरु हुनु केही दिनअघि वा सुरु भैसकेछि सम्भोग इच्छा बढेको कुरा बहुसंख्यक महिलाले बताएका छन् । मासिक धर्म सुरु भैसकेपछि सम्भोग इच्छा बढ्छ भन्ने कुरा त्यस समयमा सम्भोग नगर्नाले पनि हुन सक्छ ।
२४. महिलाले चरम आनन्दको अनुभव कुन बेला गर्छन् ?
पुरुषले सम्भोग गर्नुभन्दा पहिले गर्नुपर्ने कामक्रिडा जस्तै ः चुम्बन, स्तन स्पर्श, भगनासिका स्पर्श गरेर महिलालाई पूर्ण रुपले उत्तेजित गर्नुपर्छ । त्यसो गर्दा महिल मा कामोत्तेजनाको भावना उत्पन्न हुन्छ र उनीहरुलाई चरम आनन्दको अनुभव हुन्छ । सम्भोग इच्छा नभईकन वा कन्याउने, छाम्ने या माड्ने नगरीकन सम्भोग गर्दा चरम आनन्द प्राप्त हुन मुस्किल हुन्छ । पुरुषले १०–१५ मिनेटसम्म सम्भोग क्रिया जारी गर्नुपर्छ ।
२५. के गर्भावस्थामा बारम्बार सम्भोग गर्दा गर्भलाई हानिकारक छ ?
जसको पहिलो गर्भपात भएको छ, उसले गर्भ रहेको मितिदेखि तीन महिनासम्म सम्भोग गर्नु हुँदैंन । त्यस्तै कुनै महिलालाई गर्भवति अवस्थामा सम्भोग गर्दा दुख्छ भने नगर्नु नै वेश हुन्छ । सामान्य स्थितिमा सम्भोग गर्दा कुनै हानी हुँदैंन । तर, अनुकुल हुने किसिमको सम्भोग आसन अपनाउँनुपर्छ । गर्भावस्थाको पहिलो, दोस्र्रो, आठौं र नवौं महिनामा भने बिल्कुल सम्भोग गर्नुहुँदैंन । यस्तो समयमा सम्भोग गर्नाले बच्चामा संक्रमण हुने सम्भावना हुनुका साथै गर्भपात र रक्तस्राव हुने डर पनि हुनछ । साथै गर्भाशयको पानीको थैली फुट्ने सम्भावना हुन्छ ।
२६. बच्चा जन्मेकोकति दिनसम्म सम्भोग गर्नुहुँदैंन ?
बच्चा जन्मेको २० दिनसम्म बिल्कुल सम्भोग गर्नुहुँदैंन । किनभने त्यसबेलासम्म गर्भाशयमा संक्रमण हुने धेरै सम्भावना हुन्छ । २० दिनपछि खतरा कम हुन्छ । तर, गर्भाशय पूर्ण रुपले पहिलेको स्थितिमा आउन चार साता जति समय लाग्ने भएकाले त्यति समयसम्म सम्भोग गर्नुहुँदैंन । चार सातापछि पनि रक्तस्राव भइरहन्छ र घाउ पूर्ण रुपले निको भएको छैन भने सम्भोग गर्नुहुँदैंन । तर, चार सातापछि सामान्य स्थ्तििमा सम्भोग गर्दा कुनै हानी हुँदैंन
